शनिबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौती चिर्दै काम बनाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शत्रुहरू किनारा लाग्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विभिन्न अवसरले पछ्याउनेछन्। नजिकको मित्रसँग भेटघाट हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। मनोरञ्जनमा सहभागी भइएला। प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैँपछि परिनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। सम्पत्ती राउने वा नष्ट होला। साँझमा पैशा खर्च हुने योगछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ। गरेको काममा ढिलासुस्ती हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। अरुको भर पर्दा धोका पाइनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। नयाँ कार्यको थालनी हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको प्रयत्न निष्फल जस्तै होला। अनावश्यक झमेलामा परिएला। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी होला। राजनैतिक कार्यमा सफलता मिल्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मुद्दा–मामिलामा विजयी भइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेकोकार्य पुरा होला। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्