विदेशी मुद्राको भाउ घट्यो

2
लाेकपाटी न्यूज
0 Shares

काठमाण्डौं, ३० साउन। बुधबारको तुलनामा बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ। हिजो खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा रहेको थियो।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ। हिजो पनि खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा रहेको थियो।आज कतारी रियालको ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ। हिजो खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको थियो।

बिहीबार यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा पुगेको छ। हिजो यसको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १९ पैसा थियो। मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १६ पैसा र बिक्रीदर २७ रुपैयाँ ३० पैसा छ। हिजो खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा रहेको थियो।

वन १ सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तोकेको छ। हिजो खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा थियो। कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७५ पैसा छ। हिजो खरिददर ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४ पैसा रहेको थियो।

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०३ रुपैयाँ २९ पैसा रहेको छ। हिजो खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८४ पैसा रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्