निमित्तको भरमा प्रहरीका प्रदेश संगठन

army police force nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। पाँचवटा प्रदेश र महत्वपूर्ण विभाग निमित्तको भरमा संचालन हुँदै आएका छन्। सरकारले समयमै प्रहरीका एआईजी र डीआईजी नियुक्त गर्न नसक्दा  प्रहरी संगठन निमित्तको भरमा चलेको हो।

केहीदिन अघि तत्कालीन माहानिरीक्षक सर्वेन्द्र खनालसँगै तीन एआईजी र १७ डीआईजीले अवकाश पाएपछि नेपाल प्रहरीका विभिन्न निकायमा ठूलो संख्यामा दरबन्दी रिक्त रहेको छ। सरकारले समयमै रिक्त पदको पूर्ति नगर्दा ‘चेन अफ कमान्ड’मा चल्ने सुरक्षा निकाय निमित्तको भरमा संचालन भइरहेको छ।

आवश्यकता भन्दा बढी आकांक्षी देखिएकाले पनि बढुवा प्रक्रियामा ढिलाइ भएको गृह मन्त्रालयले जनाएको छ। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक हुनुअघि डीआईजीका रुपमा प्रदेश–१ मा कार्यरत थिए। उनी आईजीपी बनेपछि प्रदेश–१ एसएसपीको भरमा चलेको छ। प्रदेश–२ मा भने डीआईजी प्रद्युम्न कार्कीले कमाण्ड सम्हालेका छन्।

प्रदेश ३, ४, ५ र ६ मा पनि डीआईजी छैनन्। यसअघि प्रदेशको नेतृत्व गरिरहेका डीआईजी २८ फागुनमा अवकाशमा गएका थिए। प्रदेश–७ मा भने तारणी लम्साल हुन। उनी हाल एआईजीको दौडमा छन्। हाल ७ जना डीआईजी तीन एआईजीको प्रतिस्प्रर्धामा छन्।

यसबाहेक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, मानव स्रोत एवं प्रशासन विभाग र कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व एआईजीले गर्छन्। हाल डीआईजी नभएका प्रदेश र ३ विभागको नेतृत्व वरिष्ठ प्रहरी उपरीक्षकले गर्दै आएका छन्। सातवटै प्रदेशमा डीआईजी नेतृत्वमा संगठन रहेको हुन्छ भने तीन विभागको नेतृत्व एआईजीले गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्