यस्तो छ तपाईको बुधबारको राशिफल

rasifal-5-2
लोकपाटी न्यूज
0 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा विभिन्न अवसर पाइनेछ। समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ। परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ। अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ। नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला। मन खिन्न हुने स्थिति आउन सक्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन। व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाई लेखाइमा प्रगति हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्