नेपाली सेनाका २९ जवानमा कोरोना पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज
0 Shares

दाङ। दाङमा एकैदिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। दाङको तुलसीपुरमा रहेको १९ नं. बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना पुष्टि भएको हो।

भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पीसीआर परीक्षणमा १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको बाहिनीले पुष्टि भएको हो।

साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीलका सहायक बाहिनीपति अलिन सिहले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएका २९ जना सबै बाहिनीभित्रैको आइसोलेसनमा बसिरहेको सहायक बाहिनीपति अलिन सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्