बलबहादुर महताले भने : कामचलाउ सरकारको नियुक्ति स्वीकार्न सकिन्न

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। भूमिसम्बन्धी समस्या समाधान आयोग कैलालीको सदस्य बनाइएका नेकपा नेता बलबहादुर महताले उक्त पद अस्विकार गरेका छन्।

कामचलाउ बनेका प्रधानमन्त्रीले गुटगत हिसाबले गठन गरेको आयोगको सदस्यमा आफू नबस्ने उनले बताएका छन्। महता फागुन २ गते आयोजित आयोगका पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा समेत अनुपस्थित थिए।

‘प्रतिनिधि सभा विघटन गर्ने एवं पार्टी नै विभाजित गर्ने जस्तो कार्य गर्ने प्रधानमन्त्री रहेनुभएको कामचलाउ सरकारले गरेको उक्त निर्णय अस्विकार्य रहेको कुरामा म पुनः जोड दिन चाहन्छु,’ महताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य समेत रहेका उनले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरोध गर्न, जनता र पार्टीको हितमा एकताबद्ध भई उभिन समेत अपील गरेका छन्।

Bal_mahata

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्