मन्त्री ढकाललाई उनकै निर्वाचन क्षेत्रमा देखाए कालाे झण्डा

bhanubhakta-dhakal 1
लोकपाटी न्यूज
0 Shares

मोरङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई उनकै निर्वाचन क्षेत्रमा स्थानीयवासीले कालो झण्डा देखाएर विरोध जनाएका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित मन्त्री ढकाललाई शुक्रबार कानेपोखरी गाउँपालिका–६ रमाइलोमा स्थानीय युवाले कालो झण्डा देखाएका हुन्।

‘भ्रष्टचारी मन्त्री मूर्दावाद’, ‘एक अर्ब २४ करोडको हिसाब खोइ ?’ भन्दै केही युवाले प्रदर्शन गर्दै कालो झण्डा देखाएर प्रर्दशन गरेका थिए। मन्त्री ढकाल नेकपा एमाले ओली समूहको कानेपोखरी गाउँ कमिटीको सपथ ग्रहण समारोहमा सहभागी हुन कानेपोखरी पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्