मन्त्री ढकाललाई काेराेना संक्रमण

bhanubhakta-dhakal 1
लोकपाटी न्यूज
0 Shares

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमती इन्दिरालाई कोरोना संक्रमण भएको छ। आइतबार आएको परिक्षणको रिपोटमा संक्रमण पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए। अहिलेसम्म घरमै आइसोलेसनमा बसिरहेको र अवस्था सामान्य रहेको छ।

उनले भने, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतीलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ।’ पछिल्लो समय एकपछि अर्को गरी भिआइपी व्यक्तिहरु संक्रमित हुँदै गएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्