पार्टी कार्यालय काेराेना संक्रमितकाे उपचारकाे लागि दिने माओवादी (केन्द्र) गाेरखाकाे निर्णय

लोकपाटी न्यूज
0 Shares

गाेरखा। नेपाल कम्युनिष्ट पार्टी माओवादी ( केन्द्र ) गाेरखाले आफ्नाे पार्टी कार्यालय तथा सभा हल काेराेना संक्रमितकाे उपचारकाे लागी दिने निर्णय गरेकाे छ। जनताकाे सुरक्षालाई ध्यानमा राख्दै पाटेचाैर आईसाेलेसन निमार्णका लागी दिने निर्णय गरिएकाे अध्यक्ष लेख बहादुर थापा मगरले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्तीमा युके भेरियन्ट काेराेना भाइरसले जिल्ला आक्रान्त बनेकाे अहिलेकाे अवस्थामा काेराेना संक्रमितकाे उपचार नै पहिलाे आवश्यकता रहेकाे उल्लेख गर्दै जिल्ला स्तरिय काेिभड १९ संकट व्यवस्थापन केन्द्रले आवश्यकता परेमा पार्टी कार्यालय र सभा हल स्वास्थ्य सुरक्षाकाे व्यवस्था गरि आइसाेलेसन केन्द्र निर्माण गर्न सक्ने उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्