‘प्रोटोन एक्स ७०’ काे भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै जगदम्बा मोटर्स

लोकपाटी न्यूज
0 Shares

काठमाडाैँ। जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु-प्रतिक्षित मोडल “प्रोटोन एक्स ७० ‘ असार १६ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले १६ गते साँझ ४ बजे प्रोटोन एक्स ७० भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागेको हो।

पहिला नै लञ्च गर्ने तय भइ सकेको यस गाडी, दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो। त्यसैले विस्तारै परिस्थिति सहज भए सँगै यस बहु-प्रतिक्षित गाडीलाई नेपालमा पुन लञ्च गर्न लागिएको कम्पनीले जनाएको छ। प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ।

उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा (facebook/protoncarsnepal) गइ त्यहाँ रहेको The New PROTON X 70 Virtual Launch event क्लिक गरि Going अथवा Interestedमा क्लिक गर्नुपर्ने हुन्छ। साथै यस भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीहरुलाई बिभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको छ। यस गाडीमा अत्याधुनिक फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको एस् यु भि रहेको छ। प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो जसले १९८५मा प्रोटोन साँगाको रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्