प्रदेश लोकसेवाले खुलायो ८२ पदमा विज्ञापन

Loksewa
लोकपाटी न्यूज
0 Shares

विराटनगर। प्रदेश १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको भर्ना प्रक्रिया सुरुवात गरेको छ। प्रदेश १ को ६४ स्थानीय तहका लागि ८१ प्राविधिक कर्मचारीको भर्ना प्रक्रिया सुरु गरिएको हो।

प्रदेश अन्तर्गतका स्थानीय सेवाका लागि केही पहिले आयोगले विभिन्न प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन आह्वान गरेको थियो। जसको दरखास्त गएको वैशाख १९ गतेभित्र तोकिएको थियो।

प्रदेश लोक सेवा आयोगका अध्यक्ष उत्तम भट्टराईले पहिलो पटक प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको बताए। असिस्टेन्ट सव इन्जिनियर र सव इन्जिनियर पदका लागि कर्मचारी माग गरिएकोमा १० हजार बढीको आवेदन गरेको अध्यक्ष भट्टराईले जानकारी दिए।

आवेदक मध्येबाट कर्मचारी छनौटका लागि साउन २८, २९ र ३० गते प्रदेशका विभिन्न १५ वटा विद्यालयमा परीक्षा केन्द्र तोकेर लिखित परीक्षा लिने तयारी भएको छ। लिखित परीक्षा पश्चात् उत्तीर्ण परीक्षार्थीको मौखिक अन्तरवार्ता अन्तिम छनौट गरिनेछ। २०७६ भदौ १० गते प्रदेश १ को प्रदेशसभा बैठकबाट प्रदेश लोकसेवा आयोग विधेयक पारित भएको थियो।

प्रदेशसभाले प्रदेश लोकसेवा आयोगको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारितसँगै प्रदेश सरकारले आवश्यक कर्मचारी लोकसेवा मार्फत नियुक्ति गर्न बाटो खुलेको थियो। प्रदेश सरकारले पूर्व कृषि सचिव उत्तमकुमार भट्टराईलाई लोकसेवाको अध्यक्ष र सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्व उपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई २०७६ माघ ९ गते नियुक्त गरेको थियो।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्