नारायणकाजीकाे निवासमा विप्लव, के भयाे कुराकानी ?

लोकपाटी न्यूज
0 Shares

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए ।

माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन् । भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

विप्लवले सुरुमा माओवादीसँग कार्यगत एकता गर्ने र भविष्यमा पार्टी एकता गर्ने गरी अघि बढेका छन् । भेटमा विगतको जनयुद्ध, शान्ति सम्झौता र अन्य समसामयिक विषयमा पनि छलफल भएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्