
6
Shares
काठमाडौं। लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ।आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले बताएका हुन्।
महतोले पार्टी छाडेको आशयसहितको फेसबुकको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल भएपछि महतोले सो कुरा बताएका हुन्। उनले दोषीलाई कारबाहीको माग समेत गरेका छन्।
उनको फेसबुकमा लोसपाबाट विश्राम लिएको लेखिएको थियो। उक्त कुरामा विश्वास नगर्न पनि महतोले उल्लेख गरेका छन्।