लुम्बिनी प्रदेशमा नेकपा एमाले बन्यो ठूलो दल

yemale
लोकपाटी न्यूज
5 Shares

बुटवल। लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ। २०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ।

नेकपा माओवादी केन्द्रले ५ सिट जितेर तेस्रो बनेको छ। माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुँदा १४ सिट जितेको थियो। जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ। माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन्। अघिल्लो प्रदेश सभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ। समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुने छ। यसपटक लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन्।

पहिलो दल बनेको नेकपा एमालेबाट लिला गिरी–रुपन्देही २९१०,भोजप्रसाद श्रेष्ठ–रुपन्देही २९२०, तुल्सीप्रसाद चौधरी–रुपन्देही–३९२०, भुमिश्वर ढकाल–रुपन्देही ५९१०,चिन्तामणि पाण्डे–गुल्मी १९१०,डिल्लिराज भुसाल–गुल्मी २९१० दिनेश पन्थी–गुल्मी २९२०,।राजुप्रसाद श्रेष्ठ–पाल्पा १९१० र खेमबहादुर सारु –पाल्पा १९२० बाट निर्वाचित भएका छन्।

यस्तै चेतनारायण आचार्य–अर्घाखांची १९२०,राजजीप्रसाद घिमिरे–अर्घाखांची १९२०,विष्णु पन्थी–कपिलवस्तु १९१०,मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १९२०,नवराज लामिछाने–कपिलवस्तु २९१०, अर्जुनकुमार केसी–कपिलवस्तु ३९१०, तुल्सीराम शर्मा–प्युठान १९१०, दुर्गाप्रसाद चौधरी–बांके १९२० र रत्नबहादुर खत्री–बाँके ३९१० बाट निर्वाचित भएका छन्।

दोस्रो दल बनेको नेपाली कांग्रेसबाट अब्दुल रज्जाक गद्दी–रुपन्देही १९२०, वसिउद्दिन खां–रुपन्देही ४९२०, विश्वप्रेम पाठक–नवलपरासी १९१०, देवकरणप्रसाद कलवार– नवलपरासी १९२०, सुधाकर पाण्डे –कपिलवस्तु २९२०, सरोज थापा (रोज राणा)–प्युठान १९२०, अनुराग खड्का–दाङ १९२०, राजु खनाल–दाङ २९१०, प्रचण्डविक्रम न्यौपाने –दाङ २९२०, डिल्लीबहादुर चौधरी–दाङ ३९१० बाट निर्वाचित भएका छन्। यस्तै बादशाह कुर्मी–बांके ३९२०, धनबहादुर केसी–रुकुमपुर्व १९२०, भुवनेश्वर चौधरी–बर्दिया १९१०, जन्मजय तिमिल्सेना–बर्दिया २९१०, बीरबहादुर राना–पाल्पा २९१०, धनेन्द्र कार्की–गुल्मी १९२० र बैजनाथ कलवार जैसवाल–नवलपरासी २९२० बाट निर्वाचित भएका छन्।

तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा–रोल्पा १९१०, इन्द्रजित थारु –दाङ १९१०, कृष्णा केसी–बांके १९१०, तुलाराम घर्ती–पाल्पा २९२० र धनबहादुर मास्की–दाङ ३९२० बाट निर्वाचित भएका छन्। यस्तै जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव–बांके २९१० र आदेशकुमार अग्रवाल–बांके २९२० बाट निर्वाचित भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे–रुपन्देही ३९१० र कन्हैया बनिया–रुपन्देही ४९१० बाट निर्वाचित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी–रुपन्देही १९१० र जानकीप्रसाद यादव–कपिलवस्तु ३९२० बाट निर्वाचित भएका छन्। नयां दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी–बर्दिया १९२० र धर्मबहादुर चौधरी–बर्दिया २९२० बाट निर्वाचित भएका छन्। नयाँ दलकै रुपमा प्रदेश सभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्ता–रुपन्देही ५९२० बाट निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन–रोल्पा १९२०, सरुल पुन–रुकुमपूर्व १९१० र खड्ग बस्नेत–नवलपरासी २९२० बाट निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्