नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा पाठक मनोनित

piccc
लोकपाटी न्यूज
3 Shares

अमेरिका। नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनित भएका छन्। बिगत लामो समयदेखि अमेरिकामा बसेर नेपाली चलचित्रको प्रबद्र्धनका लागि नेपाली कला संस्कृति, भाषाको संरक्षण तथा सम्बर्धन गर्दै आएका सुनिल पाठक नेपाली समुदायमा मात्र नभई बिदेशी नागरिक बीच समेत उत्तिकै लोकप्रिय छन्।

विशेष गरी नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउनु पर्छ भनेर लागि परेका सुनिल पाठक कलाकारहरुको समेत प्रिय पात्रका रुपमा परिचित छन्।

नेपाल फिल्म सोसाइटी अमेरिकाको विधि विधान, विश्वसनीयता मर्यादा र सिद्धान्तलाई संरक्षकत्वको प्रदान गर्नेछ र संस्थाको गरिमालाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ संरक्षकको रुपमा चयन गरिएको नेपाल फिल्म सोसाइटी अमेरिकाको अध्यक्ष नबराज श्रेष्ठ बताउछन्।

हेर्नुहोस प्रेस विज्ञप्ति :

329436518_489972413303784_7682135571983120825_n

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्