मलेसिया दुर्घटनामा परी एक नेपालीको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
0 Shares

रौतहट। रौतहटका एक युवकको मलेसियामा मृत्यु भएको छ। वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनारको ट्रक दुर्घटनामा मृत्यु भएको हो।

कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो। मृतक राकेशको शव १० दिनपछि हिजो (शनिबार) साँझ नेपाल ल्याएर अन्त्येष्टि गरिएको परिवारले जानकारी दिएको छ।