बम बानियाँको ‘कठिन छन् अझै’

bam baniya
लोकपाटी न्यूज
5 Shares

कठिन छन् अझै
देश निर्माणका यात्राहरु !
ओड्नु
हराउनु

फटाउनु छ
थुप्रै छाताहरु
पर्खिनु छ अझै
केही थान भदौरे झरी
फाट्नु छ मन र आकाशभित्रका बादल
देख्नु छ खुल्ला आकाश

बदलिएपनि व्यवस्था
छैन बदलिएको
आम मानिसको जीवन स्तर
व्यवहार
मानसिकता

उभिएका छन्
अगाडि
पहाड भन्दा अग्ला चुनौतीहरु
धुन्चेको एउटा बस्तीमा झै
देशका हरेक वस्तीमा छन्
काँचै विषयहरु
-गरिबी
-बेरोजगारी
-असमानता

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्