पैसा र प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ : आरके शर्मा

pic
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आरके) शर्माले सच्चा भिजनमा हिडेकाले यसपाली नेतृत्वमा पुग्ने बताएका छन्। माल्टाको एमसिदामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले पैसा, दलीय प्रभावभन्दा माथि उठेर सच्चा भिजन लिएर चुनावी मैदानमा आएको बताए।

“पैसा, प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ”, उनले भने, “एनआरएनए पवित्र संस्था हो, संस्थालाई विवादमा होइन, एक्यवद्ध बनाउन अध्यक्षको उम्मदेवार बनेको छु।”

उनले नेपालीको संख्या धेरै भएका देशमा ६ महिनाभित्रै दूताबास स्थापना गरिने बताएका छन्। प्रवासी नेपालीहरुको समस्या तत्काल सम्बोधन गर्न दूताबास खोल्न पहल गर्ने दाबी गरेका हुन्। “नेपाल गएर प्रधानमन्त्री, परराष्ट्र र श्रममन्त्रीलाई भेटेर राजदूताबास खोल्न आग्रह गरेको छु”, उनले भने, “ ६ महिनाभित्र स्थापना गर्न सक्दो सबै पहल गर्नेछु।”

उनले देश छाड्ने रहर कसैलाई नहुने भन्दै चिन्ता लिएर विदेशीएका नेपालीहरुले समृद्ध नेपाल देख्न चाहेको बताए। सामुहिक लगानी प्राधिकरण बनाएर देश विकासमा सहयोग गर्ने योजना कार्यान्वयन गर्ने बताए।

“अब आर्थिक क्रान्ति गर्न जरुरी छ, पठाएको रेमिट्यान्स, राष्ट्रिय गौरवका योजनाहरु बनाउन तालमेल गर्न ढिलो भएको छ”उनले भने, “हामी लाग्यौँ भने वर्षको १३ खर्ब रेमिट्यान्स पठाउँदै गर्दा १० वर्षमा हामीले १० प्रतिशत सामुहिक लगानी गरेमा पनि १३ खर्ब पुँजी सृजना हुन सक्छ, त्यसमा हजारौ रोजगारी सृजना हुन्छ ।”

बाग्लुङमा जन्मेका शर्मा सुरुमा भारतमा पढ्दै जागीर खाएका थिए। सन् २००३ मा ट्राभल कम्पनीको पैसा उठाउन भारतदेखि कतारको दोहा पुगेका थिए पछि उनी कतारमै जागीर खाए। अन्ततः काम गरेकै कम्पनीको मालिक बनेका थिए। शर्माको हाल नेपालदेखि अमेरिकासम्म थुप्रै व्यवसायहरु सञ्चालनमा छन्। उनले प्रवासी नेपालीहरुले सिकेको ज्ञान, विज्ञता, कमाएको पुँजिलाई सहि सदुपयोग गरेर समृद्ध नेपाल बनाउने अभियान चलाइने बताए। एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले एनसीसी र आइसीसीबीचको सम्बन्ध सुधार गरेर रोजगारीका लागि विदेशिएका सबै नेपालीको साझा संस्था बन्नुपर्ने बताए।

माल्टाका निर्वतमान अध्यक्ष भुवन अर्यालले माल्टाका समस्या बुझेको नेतृत्वलाई जिताउन लागि पर्ने बताए। संस्थापक अध्यक्ष तेबहादुर लिम्बुले एनआरएनए सदैव विवादरहित बन्नुपर्ने बताए। युरोप युवा संयोजकका उम्मेदवार प्रकाश भण्डारीले रोजगारीका लागि विदेश आइपुगेका नेपालीहरुको दुःखमा मल लगाउन एनआरएनए सधै साथी बन्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्