जनप्रगतिशिल मञ्च युरोपको अधिवेशनमा जुटे नेपाली, प्रधानमन्त्रीलाई निमन्त्रणा

pic
लोकपाटी न्यूज
10 Shares

विप्लव काफ्ले/ स्पेन। नेपाली जनप्रगतिशिल मञ्च (एनपीपीएफ) युरोपको अधिवेशनको तयारी सुरु भएको छ। स्पेनको बार्सिलोनामा ५ औँ अधिवेशन गर्ने एनपीपीएफले निर्णय गरेको छ। अधिवेशन यहि मार्च १७ र १८ तारिखमा हुनेछ। एनपीपीएफ स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले अधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्ने जानकारी दिए। एनपीपीएफ नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्था हो।

एनपीपीएफ युरोपका कार्यबाहक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले दुई दर्जन बढी देशका प्रवासी नेपालीहरु सहभागी हुने बताए। अधिवेशनको तयारी सुरु भयो, छरिएका नेपालीहरु एकत्रित हुदैछौँ, उनले भने, नीति, विचारमाथि गहन बहस हुनेछ। उनले युरोपमा नेपालीले भोग्नुपरेका समस्या हल गर्ने उपायमाथि व्यापक छलफल हुने बताए। अधिवेशन सफल पार्न विभिन्न समितिहरु गठन गरिएको एनपीपीएफ स्पेनका सचिव केशवराज कँडेलले युरोपमा रहेका नेपालीका दुस्ख मा मलम लगाउने गरि कामहरु गर्नेबारे राष्ट्रिय समितिहरुबाट सुझावहरु संकलन गरिने जानकारी दिए।

युरोपभित्रका अवसर, चुनौतीबारे सुझावहरु लिएर आगामी नीतिहरु तयार हुनेछन्, उनले भने,नेपालीबीचको आत्मियता, सद्भाव कायम राख्न मञ्च थप सक्रिय हुनेछ। सन् २००५ युरोपमा खुलेको एनपीपीएफका डेढ दर्जन मुलुकमा राष्ट्रिय समिति छन्। व्यवस्थापन समितिका संयोजक गंगा भुषालले युरोपका सबै देशको अधिवेशन फेब्रुअरीभित्र सकेर प्रतिनिधिको नाम पठाउन आव्हान गरिएको जानकारी दिए। अधिवेशन सफल पार्न विभिन्न समितिहरु बनाइएको छ। प्रवास समन्वय समितिका सदस्य सुरेन्द्र नेपाल श्रेष्ठको संयोजकत्वमा विधान मस्यौदा समिति गठन भएको छ।

सदस्यहरुमा रणबहादुर खाती क्षेत्री, जित लामा, गंगा भुषाल र कृष्ण तिवारी छन्। सांगठकिन तथा राजनीतिक प्रगति विवरण तयार पार्न प्रवास समन्वय समितिका सदस्य तथा एनपीपीएफ युरोपका संगठन विभाग प्रमुख उदयराज गौतमलाई जिम्मा दिएको छ। प्रवास समन्वय समितिका सदस्य चित्र सुवेदीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन भएको छ। सदस्यहरुमा प्रकाश पौडेल, लोक दाहाल, मानबहादुर गुरुङ, धर्म खतिवडा, संघर्ष के.सी, राजेन्द्र गौतम, गोविन्द भण्डारी र विशाल ढुङ्गाना रहेका छन्।

अधिवेशन प्रचार प्रसार समिति प्रवास समन्वय समितिका सदस्य कृष्ण तिवारीको संयोजकत्वमा गठन भएको छ। सदस्यहरुमा प्रवास समन्वय समितिका सदस्यद्वय ठांहिला चाम्लिङ र महेशकुमार खाती, कर्मा पहाडी शेर्पा, दिल निशानी मगर, युवराज फुंयाल र बुद्धी बराइली रहेका छन्।एनपीपीएफ युरोपको १५ औं पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय गरेको थियो। अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रवास इन्चार्ज राम कार्की ‘पार्थ, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा लगायत सहभागी हुनेछन्। अधिवेशनले एनपीपीएफ युरोपको नयां नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्