६ नेपाली साहित्यकार सहभागी हुँदै भारतमा हुने कलिङ्ग साहित्य महोत्सवमा

6-lekhak
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। भारतमा हुने कलिङ्ग साहित्य महोत्सवमा ६ जना नेपाली लेखक वक्ताको रुपमा सहभागी हुने भएका छन्। नेपाली लेखक तथा संस्कृतिविद डा. बीणा पौड्यालले प्रतिष्ठित कलिंगा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्नेछन्।

वार्षिक रुपमा मनाउंदै आएको कलिंगा साहित्य महोत्सव (केएलएफ) फेबु्रअरी ९ देखि ११ (२६ माघ-२८ माघ) उडिसा राज्यको भुवनेश्वर स्वस्ति प्रिमियम होटलमा सञ्चालन हुने भएको छ।

आफ्नो दशौं वर्ष मनाउँदै, महोत्सवले जीवनका सबै क्षेत्रका लेखकहरू, वक्ताहरू, विचारकहरू र मानवतावादी, संगीतकर्मीहरुको अनुभूतीलाई प्रदर्शन गर्नेछ। भारतमा हुने उक्त कलिङ्ग साहित्य महोत्सवमा नेपाली संस्कृतिविद तथा प्रा.डा. बीणा पौड्याल सम्माननीय अतिथि तथा वक्ताको रुपमा सहभागी हुनेछन्।

महोत्सवमा प्रख्यात विद्वान, पूर्वअन्तर्राष्ट्रिय निजामती कर्मचारी, कूटनीतिज्ञ विश्व पराजुली, लेखिका कल्पना पराजुली, साहित्यकार रञ्जना निरौला, लेखक सुमित शर्मा समीर, लेखक तथा कलाकार सम्पदा मल्ल वक्ताका रुपमा रहनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्