मुख्यमन्त्री कँडेलले लिए शपथ

Yamlal_Kadel
लोकपाटी न्यूज
0 Shares

कर्णाली। कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। उनी नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन्।