इलाम- २ को मतगणना लगभग अन्तिम चरणमा, कसले कति मत पाए ?

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। इलाम- २ को मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। हालसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ, माई नगरपालिका वडा नम्बर ६, ७, ८ र देउमाई नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ ,६ ,७, ८ र इलाम नगरपालिका वडा नम्बर २ को मतगणना सकिएको छ।

पछिल्लो तथ्यांकअनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। नेम्वाङले अहिलेसम्म १९ हजार ६९७ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका डम्बरबहादुर खड्काले १३ हजार १९० मत पाएका छन्।

नेम्वाङ र खड्काको मतान्तर ६ हजार ५०७ छ। पछिल्लो समय नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। तेस्रो स्थानमा रहेका मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ९ हजार ५१४ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३ हजार ३२३ मत पाएका छन्। इलाम- २ मा जम्मा ६९ हजार २८७ मत खसेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्