गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

khagaraj adhikari
लोकपाटी न्यूज
0 Shares

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन्। गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा भने तटस्थ बस्ने भएको छ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ। अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एक जनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सिट छ।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्