सतिशकुमार सिंह मधेशको मुख्यमन्त्रीमा नियुक्त

Satish_Kumar_Singh
लोकपाटी न्यूज

काठमाडौं। जनमतका प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए।

सिंहले आजै सवा १२ बजे मुख्यमन्त्रीको शपथ लिने तयारी छ। ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन्। उनलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नेपा संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्।

गठबन्धनका दलहरूले बिहीबार अबेर रातिसम्म बसेर मन्त्रालय भागवण्डामा सहमति गरेपछि आज बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। दलहरूबीच भएको सहमतिअनुसार संसदीय दलको सबैभन्दा ठूलो दल एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालयसहित ४ वटा मन्त्रालय पाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय पाएको छ।

माओवादी केन्द्रले अर्थ मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालय पाएको छ। त्यसैगरी, एकीकृत समाजवादीले भूमि व्यवस्था तथा कृषि र गृह सञ्चार तथा कानुन मन्त्रालय पाएको छ। त्यसैगरी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीले पनि पनि एक/एक वटा मन्त्रालय पाउनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्