काठमाडौंका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

bijuli_
लोकपाटी न्यूज

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै  शनिबार बबरमहल क्षेत्रस्थित सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत अवरुद्ध हुनेछ।

आइतबारदेखि कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने बताएको हो। यी फिडरहरू अन्तर्गत विभिन्न स्थानहरूमा फरक फरक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा शनिबार, सोमबार, बुधवार, असार २ र ३ गते विद्युत् कटौती गर्न लागेको हो। यी दिनमा बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

यस्तै सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, शुक्रबार गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी क्षेत्रमा विद्युत अवरुद्ध हुने प्राधिकरणले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

bdsuchanaa

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्