ताप्लेजुङमा बाढी : पुल र बाटो बगाउँदा यातायात अवरुद्ध

badhi
लोकपाटी न्यूज

ताप्लेजुङ। बुधबारदेखि भित्रिएको मनसुनका कारण पूर्वी नेपालमा भारी मात्रामा वर्षा भइरहेको छ। वर्षातका कारण ताप्लेजुङसहितका पहाडी जिल्लामा बाढी आउन थालेको छ।

ताप्जेजुङको फक्ताङ्लुङ-५ तापेथोकस्थित सिसावाखोलामा बाढी आउँदा फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र जोड्ने तमोर करिडोर सडक अवरुद्ध भएको छ।

यो खोलामा आएको बाढीका कारण केही काठे पुल र बाटो पनि बगाएको छ। बाढीका कारण मानवीय क्षति भने भएको छैन। सिसावा खोलामा आएको बाढी तमोर नदीमा मिसिएपछि करिडोरसमेत ढाकिने गरी ड्यामको आकारमा पानी जम्मा भएको छ। तर तमोर नदीबाट पानीको निकास नरोकिएकाले ड्यामको जोखिम भने कम रहेको स्थानीयले बताएका छन्।

सिसावा खोलाको बाढीले बनेको ड्यामका कारण तापेथोक बगरस्थित प्रहरी चौकी, स्वास्थ्य चौकी र सर्वसाधारणका घर डुब्ने जोखिम भने छ। बाढीकाा कारण तमोर करिडोर अन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका प्रवेश गर्ने सबै सवारी साधनको आवतजावत बन्द भएको छ। गएरातिको बाढीले हाइड्रोले निर्माण गर्दै गरेको मोटरेबल पुलको जगसमेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्