के तपाईंको टाउको दुखिरहन्छ ? अपनाउनुहाेस् यी पाँच घरेलु तरिका

xthumb.jpg.pagespeed.ic_._NPLKRigmv
लाेकपाटी न्यूज

काठमाडाै । आजकाल कसैबाट पनि यस्तो बोली सुन्न सकिन्न कि कसैले मेरो टाउको दुख्दैन भनोस् । कुनै कुनै कारणबाट टाउको दुखिरहेको हुन्छ । धेरै जसो मान्छेहरु टाउको दुखाईबाट सधैं पीडित हुने गर्छन् ।

चिन्ता, कामको चाप तथा विभिन्न वाह्य कारणले टाउको दुखाई हुने गर्छ । जसले हाम्रो दैनिक जीवनयापनमा नराम्रो असर पारिहेको हुन्छ । टाउको शरीरको संवेदनशील अंग हो । त्यसैले टाउको दुखाईलाई सामान्य रुपमा लिन नहुने डाक्टरहरु बताउँछन् ।

सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै ‘पेन किलर’ खाने गर्छन् । सामान्य दुखाईमा नै ‘एन्टिवायोटिक’को प्रयोग गर्दा यसको ‘साइड इफेक्ट’ हुने र यसले विस्तारै गम्भीर असर देखाउने गर्छ ।
त्यसैले टाउको दुखाईबाट घरमै आराम पाउन हामी सामान्य उपचार गर्न सक्छाै, जसले केहि क्षणमा नै तपाईंको टाउकोको दुखाइलाई न्युनीकरण गर्छ ।

टाउको दुखाइलाई नियन्त्रण गर्न तत्काल अपनाउनुहोस् यी पाँच तरिका

तेलले मसाज गर्नुस्

यदि तपाईलाई बारम्बार टाउको दुखिरहन्छ भने तपाईंले तेलले मसाज गर्न सक्नुहुन्छ । कपालको जरामा तेल लगाएर हल्का मसाज गर्ने गर्दा बारम्बार हुने टाउको दुखाईको समस्याबाट छुटकारा मिल्छ । यसका साथै नरिवल र बदामको तेल मिसाएर मालिस गर्दा झन फाइदा मिल्छ ।

गाईको दूध

टाउको दुख्ने समस्या दोहोरिरहन्छ र औषधिले पनि काम गरिरहेको छैन भने हरेक दिन गाईको मन तातो दूध पिउँने गर्नुस् । तपाईंको टाउकोको समस्या विस्तारै कम हुँदै जान्छ । त्यस्तै ल्वाङमा नुन मिसाएर चुर्ण बनाउने र टाउको दुखेको समयमा उक्त चुर्ण र गाईको काँचो दूध टाउकोमा लगाउँदा पनि टाउको दुखाई तुरुन्तै कम हुन्छ ।

पानी

हल्का टाउको दुख्दा एक गिलास पानी पिउँन सकिन्छ । आधा गिलास तातो पानीमा कागतीको रस हालेर पिउँदा टाउको दुख्न कम हुँदै जान्छ ।

धनियाँ र चिनी

ज्वरो वा रुघाखोकीको कारण टाउको दुखेको हो भने धनियाँको पाउडर र चिनी मिसाएर झोल पिउँदा आराम मिल्छ ।

अदुवाको चिया

अदुवा हालेर बनाएको चिया पिउँदा पनि टाउको दुखाई कम हुने गर्छ । अदुवामा एन्टी–इन्फ्लेमेटरी भन्ने तत्व हुने भएकाले त्यसले दुखाईलाई कम गराउन मद्दत गर्छ । यसले तनाव, माइग्रेन जस्ता समस्यालाई भगाउन सहयोग गर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्