पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा समस्या आउला। यात्रामा मालसामान हराउन सक्छ। चोटपटकको भयछ सचेत रहनुहोला। साँझमा पैसा खर्च हुने योग छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ अतत् धन प्राप्त हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह रहला। रमाइलो यात्राको योग रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय र सुखद् एवं धार्मिक यात्राको योगछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टमनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ। बैदेशिक कार्य अघि बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। परिवारका सदस्यहरूसित भेटघाट हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। आर्थिक कारोवारमा बिवादपनि आउला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमणीय र सुखद यात्राको योग छ। सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। मनमा सहयोग भाव आउला। कुनै कुराले मनमा प्रसन्नता छाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्