पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-4
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ व्यक्तिसंग भेटघाट हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ। दिनको उत्तरार्ध सुखद रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। अनावश्यक धन खर्च हुनेछ। कार्यमा बाधा आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला। व्यापार व्यवसायमा सफलता मिल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमदान गर्ने अवसर मिल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा मधुरता छाउनेछ। अधुरो काम पूरा हनेछ। घरमा अतिथीको आगमन हुनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रामा सावधानी अपनाउनु पर्नेछ। मन खिन्न हुने स्थिति आउनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। नाक तथा घाँटीमा समस्या आउला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुनर्मिलनको योग रहेको छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। दिनको उत्तरार्ध सुखद रहनेछ। लाभदायक यात्रा हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको थालनी हुनेछ। सांगितीक क्षेत्रमा रुची बढ्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। बौद्धिकताको विकास हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम नबन्नाले दिक्क लाग्नेछ। यात्रामा मालसामान हराउन सक्छ। आर्थिक कारोवारमा मन्दी आउनेछ। कार्य सम्पादनमा समस्या आउला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ कार्यको चर्चा चल्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्