पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। अचल सम्पत्ती हात पर्ने योगछ। शुभ समाचार सुन्न पाइएला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बित्तिय संस्थाबाट सहयोग पाईनेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। राज्यबाट मान सम्मान पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ। दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ। परिवारमा सुख सन्तोष छाउनेछ। स्वादिष्ट भोजन पाईनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। कष्टकर यात्रा गर्नुपर्ला। मुद्दा मामिला आइलाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडी बढ्नेछन। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। प्रेमीको सहयोग पाईनेछ। आत्मिक सन्तुस्टि मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। राज्यबाट सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमीको सहयोग प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगती हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक क्षेत्र कमजोर रहला। पढाइमा बाधा आउनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। कुटुम्बको सहयोग मिल्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। धार्मिक यात्राको योगछ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत वढ्नेछ। परिवारिक सद्भाव बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन खिन्न हुने स्थिति आउनेछ। बन्न लागेको काम विग्रिनेछ। अनावश्यक झमेलामा परिएला। विविध समस्या खेप्नु पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्