पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-4
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मनमा दुविधा उत्पन्न हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्थान परिवर्तनका विशेष योग देखिन्छन्। रोकिएको धन हात पर्ला । मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैशा खर्च हुने योगछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वादिष्ट भोजन पाईनेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ। गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफन्तको सहयोग प्राप्त हुनेछ। व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले कामहरू अगाडी बढ्नेछन। चिताएको कामले तीव्रता लिनेछ। धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनमा उत्साहका साथै बोली विक्ने समयछ। व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। घरायसी झमेलामा परिएला। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। सोचेका काम पूरा हुनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएको कामले तीव्रता लिनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। शुभ समाचार सुन्नमा आउला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्