पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-5
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आस मारेको काम बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। अचल सम्पत्ती हात पर्ने योगछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइएला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अरुको मन जित्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउला। धार्मिक कार्य सफल रहनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगती हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिलनेछ। राजनैतीक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। पारिवारीक झमेला रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्नेछ। बोलीको प्रभाब बढ्नेछ। स्वादिष्ट भोजन पाईनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। पढाइ लेखाइमा प्रगती हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मन मुटावका साथै मन कमजोर रहनेछ। मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला। घरायसी समस्या बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन्। कला र गलाको प्रभाव बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विचार परिवर्तन भै परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्राको योग रहेको छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ। आर्थिक कारोवारमा मन्दी आउला। मानसिक चिन्ता बढ्नेछ। पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्