पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। व्यवसायमा मन्दी आउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। जागिर प्रति रुचि बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। भौतिक साधन जुटाउने समय छ। रमाइलो यात्राको योग रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) फजुल खर्चले चिन्ता बढाउनेछ। साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। दबाब र तनाव बढेको महसुस हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। दबाब र तनाव बढेको महसुश हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मंगल कार्यको योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला। सन्तान सुख मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्