पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान हराउने वा चोरी हुने सम्भावना छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन भाग्यशाली भएर देखा पर्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्न सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ। एउटै आर्थिक कारोवारमा सफलता पाइएला। साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ। परिवारका लागि धेरै समय दिन पाइने छैन। सरकारी निकाएको भय पनि रहला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका काम पुनः सुरु हुन सक्छन्। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन। वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आकस्मिक धन लाभ हुनेछ। मिहिनेत गर्दा अधिक प्रगति हुनेछ। तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्