पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट सहयोग मिल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकाङ्क्षा पूर्ण होला। पठनपाठनमा प्रगति हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्तपूर्ण अवसर गुम्न सक्छ। सौन्दर्यतामा धनखर्च हुनेछ। मानसिक चिन्ता वढ्नेछ। साँझमा अधिक पैसा खर्च हुने योगछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आकस्मिक धन लाभ हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। मान प्रतिष्ठामा बृद्धि होला। मनोरञ्जनमा सहभागीता भइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेकोकार्य पुरा होला। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। प्रेममा मधुरता छाउला। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनी हुनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। महिला वा मित्रबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्पत्ती राउने वा नष्ट होला। अरुको भर पर्दा धोका पाइनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोवारमा सफलता पाइएला। लाभदायक यात्रा होला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइएला। प्यारोसाथी संग भेट हुनेछ। नयाँ कार्यको थालनी होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनावश्यक झमेलामा परिएला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समयछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्