तपाईको आजको भाग्यफल यस्तो रहेको छ

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ। लाभदायक तर खर्चिलो यात्रा रहला। आँटेको कार्य पुरा हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। अचल सम्पत्ति हात पर्ने योगछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो तिना समस्यामा अल्झिनुपर्नेछ। गलत निर्णय लिन पुगिएला। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मुल्याङ्कन हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मुल्याङ्कन हुनेछ। व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। नयाँ कार्यको थालनी हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला। शिक्षामा वाधा आउनेछ। मन विचलित रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। सरकारी निकाएको भय रहला। व्यवसायमा मन्दी आउनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) रोकिएको धन पाइएला। राजनीति अधिकारमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सद्भाव बढ्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने भयछ। विचार गरेर निर्णय लिनु उचित हुनेछ। पारिवारिक समस्या आइपर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पदोन्नतीको सम्भावना प्रवलछ। राज्यबाट सहयोग मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्