यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। सन्तानपक्षको मायामा कमी आउने छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। पारिवारिक सुख मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ। नोकरी गर्नेले मान (सम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिन फाइदा पुग्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) रोकिएका काम पुनः सुरु हुन सक्छन्। जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला, सामान हराउन सक्नेछ सचेत रहनु होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। आकस्मिक धन लाभ हुनेछ। प्रेमीको सहयोग पाईनेछ। विश्वास गरेकाले साथ दिनेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विचार पुर्याएर निर्णय लिनु राम्रो होला। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्