यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साँझपख शुभ समाचार आउन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। बौद्धिकताको विकास हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) गरेका कार्यमा ढिला सुस्ती हुनेछ। समयको सही सदुपयोग नहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। प्रेम प्रसङ्गमासमेत नरमाइलोपन आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरु अगाडी बढ्नेछन। मान प्रतिष्ठामा बृद्धि होला। धर्म,कर्ममा मन लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुनर्मिलनको योगपनि रहेको छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। कूटनीतिक नियोगको सहयोग मिल्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। मित्र वा आफन्तको सहयोग मिल्ने छ। तिर्थाटनको योग छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दबाब र तनाव बढेको महसुुस हुनेछ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ। मनमा निरासा र शरीरमा आलस्य आउला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभकार्यको चर्चा चल्नेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। मुद्दा मामिला आइलाग्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तको प्रगतिमा मन रमाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्