यस्तो छ तपाईको सोमबारको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या आउनेछ। सहकर्मीबाट विरोध आउला। गरेका काममा ढिलासुस्ती हुनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारको अवसर मिलनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। साथीभाईसंग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। जोश जाँगर र हिम्मत वढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। खर्चिलो यात्रा रहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठीक समयमा सही निर्णय लिन सकिनेछ। महत्वपूर्ण कामको थालनी हुनेछ। समाजसेवामा मन लाग्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। भूमिबाट लाभ रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। घरमा अतिथीको आगमन हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) यात्रामा मालसामान हराउन सक्छ। साझेदारी काममा उल्झन आउनेछ। चोटपटकको भयछ सचेत रहनुहोला। मनमा दुबिधा उत्पन्न हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्राको सम्भावना छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएको धन हात पर्ला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मुल्याङ्कन हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएको कामले तीव्रता लिनेछ। कला,साहित्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्