तपाईको शनिबारको राशिफल यस्तो रहेको छ

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक यात्राको योगछ। नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। प्रेममा मधुरता छाउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। यात्रामा मालसामान हराउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ कामको थालनी हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। मनमा उत्साहका साथै बोली विक्ने समय छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कीर्तिमानी काम गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक यात्रा हुनेछ। कार्य सम्पादनमा समस्या आउला। आत्मघाती काम गर्न पुगिएला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। ताकेको कार्य पुरा होला। दैनिक कार्यमा प्रगति हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैचारिक मनमुटाव बढ्नेछ। प्रेममा बाधाका साथै मन कमजोर रहनेछ। गरेको कार्यमा बाधा आउनेछ। वैदेशिक क्षेत्र कमजोर रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। पुरानो समस्या सुल्झाउन सकिनेछ। घरमा अतिथीको आगमन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्