मंगलबारको राशिफल : कस्तो छ तपाईंको आज ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान हराउने वा चोरी हुने भयछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। स्वास्थ्यप्रति सजकता अपनाउनु होला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ। घरमा अतिथीको आगमन हुनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। व्यापार व्यसायबाट लाभ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। पारिवारसँग रमाइलो भेटघाट हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सहजता मिल्नेछ। मनोरञ्जनमा सहभागीता भइएला। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। न्यायिक कार्यमा सफलता पाईनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कमको थालनी हुनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ। श्रमको उचित मुल्याङन हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ। नाक तथा घाँटीमा समस्या आउला। कार्य अधुरै हुनेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तको प्रगतिमा मन रमाउनेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ। विद्या र बुद्धिको विकास हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। बैदेशिक कार्य अघी बढ्नेछ। इच्छा र आकाङ्क्क्षा पूर्ण हुने भएको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पर्नेछ। व्यापार ब्यबसायबाट आम्दानी हुनेछ। घरमा अतिथीको आगमन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्