यस्तो छ तपाईंको शनिबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। स्वास्थ्य सबल रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ। सन्तानपक्षको मायामा कमी आउनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। कार्यमा बाधा आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। यात्रा गर्ने अवसरपनि प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ। खुसीको खबर सुन्न पाउनु हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन्। जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विचार पुर्याएर निर्णय लिनु राम्रो होला। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्