यस्तो छ तपाईको शुक्रबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ। यात्रामा मालसामान हराउन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। वैदेशिक क्षेत्र कमजोर रहला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन्। आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय र सुखद् यात्राको योग छ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हर्ष र प्रसन्नताका बीचमा समय ब्यतीत हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमीको सहयोग पाईनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। पारिवारिक जीवन सन्तोषप्रद रहनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक यात्राको योगछ। आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन्। बौद्धिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) दबाब र तनाव बढेको महसुस हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा शान्तिको अनुभूति हुनेछ। पुरानो साथीसँग भेट हुने सम्भावना छ। आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। दाम्पत्य जीवन सुखमय हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक कार्यमा रुचि बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्