आइतबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। दबाब र तनाव बढेको महसुस हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। कार्य सम्पादनमा समस्या आउला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दबाब र तनाव बढेको महसुस हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। सन्तानपक्षको मायामा कमी आउनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्। शत्रु पनि क्षय होलान्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। विचार पु¥याएर निर्णय लिनु राम्रो होला। दाम्पत्य जीवनमा एक किसिमको निरासता पनि आउन सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। भाग्यले विभिन्न अवसर जुराउनेछ। जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। स्वास्थ्य पनि सबल नै रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्