मंगलबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। सामाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। दैनिक कार्यमा प्रगति हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्य खरावी रहला। आर्थिक कारोवारमा मन्दी आउनेछ। घर व्यवहारमा झमेला रहला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथीको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तका बिचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिलावर्गबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। शिक्षामा सफलता मिल्नेछ। शेयरको कारोवारमा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक कार्यमा सफलता पाईनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक लेनदेनमा समस्या देखा पर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। यातायात वा वाहनमा खर्च बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। स्वादिष्ट भोजन पाईनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। मनमा शान्ति र अनुहारमा कान्ति छाउला। अचल सम्पत्तिको कारोवार हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्