बुधबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोग मिल्नेछ। बौद्धिकताको विकास हुनेछ।मिष्ठान्न भोजन प्राप्ति होला। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। रमणीय र सुखद् यात्राको योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सौन्दर्यतामा धन खर्च हुनेछ। चोटपटक लाग्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिलनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। पारिवारीक सुख रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेम सम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। धनार्जन हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। नयाँ काम वा रोजगार पाईनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। भाग्योदय हुनेछ। पठनपाठनमा प्रगति हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) कार्यद्धि हुने अवसर मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन्। नयाँ(नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापार व्यसायबाट लाभ मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा सङ्कट आउला। मुद्दा मामिला आइलाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभदायक यात्रा रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। नयाँ कार्यको थालनी होला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्