शनिबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। नयाँ काममा हात हाल्ने समय छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्र वा आफन्तको सहयोग मिल्नेछ। बौद्धिकताको विकास हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्योदय हुनेछ। अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। यात्रामा मालसामान हराउन सक्छ। आर्थिक सङ्कटले सताउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा सङ्कट आउला। बन्दव्यापारमा मन्दी छाउनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्राको विशेष अवसर मिल्नेछन्। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। धनार्जन पनि हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। सौन्दर्यतामा धन खर्च हुनेछ। मुद्दा मामिला आइलाग्नेछ। प्रेममा मनमुटाव रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्