शुक्रबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। घरमा अतिथीको आगमन हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। स्वास्थ्यमा खर्च बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्रा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योगछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। नियमित खर्चसमेत बढ्ने योग छ। सहकर्मीबाट विरोध आउला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथीको आगमन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। भूमिबाट लाभ रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आर्थिक कारोवारमा सफलता पाइएला। लाभदायक यात्रा होला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभ कार्यको चर्चा चल्नेछ। आँएको काम पूरा हुनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामान हराउने वा चोरी हुने सम्भावना छ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम विग्रिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योग छ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन्। प्रेमीको सहयोग मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्