कपाल झर्न रोक्ने २४ घरेलु उपाय

hair
लाेकपाटी न्यूज

काठमाडौं। १.नीम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि मद्दत मिल्छ।

२.कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल उम्रिन्छ।

३.कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। यो तेल नियमित प्रयोग गर्नुहोस्।

४.कागतीको ताजा बोक्रालाई पानीमा हालेर उमाल्नुहोस्। बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस्। पछि यो पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्नुहोस्। यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्नबाट रोकिन्छ।

५.कपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ।

६.कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा मिसाएर पेस्ट बनाउनुहोस्। नुहाउनुभन्दा दुई घण्टा पहिले लगाउनुहोस्।

७.लसुनको तेल लगाउनाले कपाल सुक्खा भएको समस्या हट्छ र कपाल झर्न रोकिन्छ।

८.काउली र बन्दा नियमित खानाले कपाल झर्न कम हुन्छ।

९.मासको दाललाई उमालेर सिलौटामा पिस्नुहोस्। त्यो लेप टाउकोमा लगाउनुहोस्।

१०.एक सय ग्राम नीमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्। त्यस पानीले टाउको धुनुहोस्। टाउकोमा आएका फोका हट्नेछन् साथै खुइलिएको भागमा कपाल उम्रिन थाल्नेछ। टाउको धोइसकेपछि नीमको तेल लगाउनुहोस्।

११.अनारको पात पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ।

१२.बन्दको रसले यदि निरन्तर टाउको मालिस गर्नाले कपाल खुइलिने, कपाल टुक्रिने, कपाल झर्ने आदि समस्याबाट बच्न सकिन्छ।

१३.खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छ।

१४.टाउकोमा कतै कपालको गुच्छा नै उडेको छ भने त्यहाँ नियमित दुई महिनासम्म कागती रगड्नुहोस्। यसो गर्नाले कपाल उम्रिनेछन्।

१५.नरिवलको तेललाई पानीमा मिलाएर टाउकोमा लगाउनाले कपाल झर्न रोकिनेछ।

१६.केराको बोक्राको मालिसले कपाल झर्ने समस्या हट्छ।

१७. मौसम परिवर्तन हुँदा यदि कपाल झर्न थाल्छ। यसो हुँदा ताजा सयपत्रीका पात मिचेर १÷२ घण्टासम्म लगाएर धुनुहोस्।

१८.हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस्। त्यसपछि कपाल पखाल्नुहोस्। यसो गर्दा कपालका जरा बलिया हुन्छन्।

१९.एक कागतीको रस, आधा कचौरा तेलमा मिलाएर सुत्ने बेला कपालमा लगाउनुहोस्, बिहान कपाल पखाल्नुहोस्। रुखोपन हट्छ र कपाल झर्न बन्द हुनेछ।

२०.महमा कागतीको रस मिलाएर कपालको जरामा लगाउनुहोस्। आधा घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म हप्तामा दुई पटक यसो गर्दा कपाल झर्न रोकिनेछ।

२१.काँक्राको रस खुइलिएको भागमा लगाउनुहोस्, नयाँ कपाल उम्रिन थाल्नेछ।

२२.दुई ठूलो चम्चा दाना मेथी पानीमा रातभरि भिजाएर राख्नुहोस्। बिहान मसिनो पिसेर कपालमा आधा घण्टा लगाउनुहोस्। यसबाट कपाल झर्न कम हुन्छ र सुक्खापन हट्छ।

२३.भाङका पातको रसले टाउको मालिस गर्नाले कपाल झर्न बन्द हुन्छ।

२४.एक गिलास पानीमा दुई चम्चा चिया हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपाललाई राम्ररी धोएर अन्त्यमा यो पानीले धुनुहोस्, त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस्। यसबाट कपाल स्वस्थ, चम्किलो र बलियो बन्नेछ। कपाल झर्न रोकिनेछ।

२५.कपाललाई झर्नबाट रोक्न बाफ दिइरहनुपर्छ।

२६. तुलसीका बीउलाई बेल या नीमका पातसँग उमालेर, त्यस पानीले कपाल धुनाले लाभ हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्