यी हुन् रातो खुर्सानीका पाँच फाइदा

Red Chilly
लाेकपाटी न्यूज

काठमाडौं । मानव स्वास्थ्यका लागि रातो अर्थात् सुकेको खुर्सानी सेवन मानव फाइदाजनक हुने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।

मानिसको शरीरमा रातो खुर्सानीको सेवनले कोलेस्ट्रोलको मात्रा कम हुने बताइएको छ । रातो खुर्सानीको सेवनले मानिसको आयु बढाउन समेत मद्दत गर्ने अनुसन्धानकर्ताले बताएका छन् । त्यस्तै आज हामी तपाईलाई रातो तथा सुकेको खुर्सानी सेवनले हुने फाइदाहरुबारे जानकारी दिन गइरहेका छौं ।

रातो खुर्सानीको सेवनले कपाल चम्काउनुका साथै छालामा रक्तसंचार प्रदान गरी स्वस्थ बनाउन सहयोग गर्छ ।

यसले गर्भवती महिलाको पेटमा हुर्किरहेको बच्चाको प्रजनन अंग विकास गराउन सहयोग गर्छ ।

मानिसहरु खुर्सानी खानु राम्रो मान्दैनन् तर बेलायतमा गरिएको अनुसन्धानका अनुसार यसले शरीरमा क्यालोरी उत्पादनमा सहयोग गर्छ र शक्ति प्रदान गर्छ ।

यसमामा फोलिक एसिड पर्याप्त मात्रामा हुन्छ । यो तत्वले गर्भवती महिलाहरुका लागि एकदमै फाइदाजनक मानिन्छ ।

यसले क्यान्सरबाट बचाउनुको साथै रक्तचाप नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्